उदयपुर, १३ मंसिर । उदयपुरको दनुवारबेसीमा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट भएको छ । विस्फोटमा परि प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित ६ जना घाइते भएका छन् ।
कार्कीको चुनाव प्रचारमा प्रयोग भएको बा १५ च ७८०६ नम्बरको गाडीलाई लक्षित गरी बम विस्फोट भएको हो । विस्फोटमा परि घाइते हुनुभएका कांग्रेस उम्मेदवार कार्कीको अवस्था गम्भीर रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए ।
विष्फोटबाट कांग्रेस कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र गाडी चालक राजन कार्की पनि घाइते भएका छन् । घाइतेलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।