इन्द्रेणी संवाददाता
दाङ, १३ मंसिर । हाम्रो तुलसीपुर राम्रो तुलसीपुर अभियानले ६७ औ हप्ता पार गरेको छ । ६७ औं हप्ताको अभियान अन्तरगत तुलसीपुरको विरेन्द्र चोकबाट शिबनगरसम्म सरसफाई गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा तुलसीपुर उद्योग बाणिज्य संघको सहकार्यमा अभियान सञ्चालन भईरहेको छ । उपमहानगरका दैवी प्रकोप तथा वातावरण समिति संयोजक नबराज लामिछानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अबसरमा प्रमुख अतिथि मेयरले तुलसीपुरलाई स्वच्छ र हरियाली बनाउन अभियानको महत्वपुर्ण भुमिका रहेको बताए । कार्यक्रमको सहजीकरण सुचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।
