जुम्ला, १३ मंसिर । कर्णाली राजमार्ग अन्तरर्गत कालिकोटको खाडाचक्र नगरपालिका वडा नं २ जिल्ला अस्पताल मोडमा बोलेरो दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

accdentमृत्यु हुनेमा चन्दननाथ १० का यदुराज न्यौपाने ,रारा छायानाथका नरबिक्रम मल्ल, सोरु गाउपालिकाका जयरुप बुमी रहेका छन् । घाइते पाँच जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

मुगुबाट सुर्खेत जार्दै गरेको लु २ च २०३ नम्बरको रातो प्लेटको बोलेरो मंगलबार बेलुका रातिसाढे १० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।