इन्द्रेणी संवाददाता

दाङ, १३ मंसिर । मंगलवार दिउँसो दाङको तुलसीपुरमा भएको बम विस्फोटनमा परी घाइते भएका म्यादी प्रहरीको ज्यान गएको छ ।

24171952_1633074756755857_571616516_n copyम्यादी प्रहरी तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षका बिनोद चौधरीको मंगलबार राति उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बम विस्फोटनमा गम्भीर घाइेत चारजनाको नेपालगञ्जमा र अन्य तीनजनाको राप्ति अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।