दाङ , १२ मंसिर । प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ दाङ झरेका छन् । उनी माओवादी केन्द्रका वरिष्ठ नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महरालगायत वामगठबन्धनका उम्मेदवारलाई जिताउन मंगलबार विहान दाङ झरेका हुन् ।
रोल्पाबाट वामगठबन्धनको तर्फबाट उम्मेदवार बनेका अनन्त निर्वाचन सकिएपछि दोस्रो चरणको निर्वाचनका वामगठबन्धनका उम्मेदवारलाई जिताउन लागेका छन् । उनी माओवादी केन्द्रका प्रदेश नं. ५ का ईन्चार्जसमेत हुन् ।
महराको चुनावी क्षत्रमा झरना बित्तिकै अनन्तले भने ‘मेरो शैक्षिक गुरुमात्रै होइन, राजनीतिक गुरु पनि हो महरा सर’, त्यसैले उहाँले जित्नु मेरोलागि पनि ठुलै उपलब्धि हुनेछ ।
अनन्तसँगै निवर्तमान सभामुख ओनसरी घर्तीमगर पनि दाङ झरेकी छिन् । उनी माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यकी समानुपातिक उम्मेदवार हुन् । उनले पनि दाङमा महरालगायत वामगठबन्धनका उम्मेदवारलाई भोट माग्नेछिन् ।