दाङ, १२ मंसिर । ड्याटसन कम्पनीको नयाँ कार दाङमा लञ्च गरिएको छ । पछिल्लो समयमा निकै चर्चामा रहेको अटोमोबाइल ब्राण्ड ड्याटसनले ‘ड्याटसन रेडी–गो १.० एल’ मोडेलको कार घोराहीमा लञ्च गरिएको हो ।
ड्याट्सन रेडी –गो १.० एल ’ दुई किसिमका रेडि–गो १.० टी (०) र रेडी–गो एस मोडेलका कारहरु रहेका छन । नयाँ विशेषताहरु सेन्ट्रल लकिङ, रिमोर्ट किलेस इन्ट्री, बल्याक इन्टेरियर, हर्न प्याड र सिल्भर फिनिरिङग एसीलगायतका विशेषताहरु कारमा रहेको ड्याटसनका सेल्स म्यानेजर प्रशान्त उपाध्यायले जानकारी दिए ।
ईसान बढि पावरसुल र आरामदायी रहेको ड्याटसनका नेपाल सेल्स म्यान उपाध्यायले बताए ।
उनका अनुसार रेडी–गो १.० एल बजारमा नेपाली ग्राहकका माझ लोकप्रिय बन्दै गएको छ । रेडि–गो १.० टी (०)को मुल्य १९ लाख ४९ हजार रुपैया र रेडी–गो एस मोडेलको मुल्य २० लाख ४९ हजार रहेको ड्याटसन कारका आधिकारिक विक्रेता राप्ती अटो टे«डिङका प्रमुख भोलानाथ योगीले बताए । निःशुल्क सडक कर, तीन वषर्को फ्रि सर्भिस र वारेन्टीको सुविधा दिइएको छ ।