तुलसीपुर(दाङ) , ११ मंसिर । तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटी वनाउने प्रक्रिया सुरु हुने भएको छ । लामो समयसम्मको छलफल र अन्तक्र्रिया पश्चात जापानी कम्पनी न्यु आइटि भेन्चर कर्पोरेसन लिमिटेडले वुधवार तुलसीपुर उपमहानगरपालिकासँग स्मार्ट सिटी निर्माणका लागि सम्झौता गर्दैछ ।

tulsipur bajarसम्झौतासँगै कर्पोरेसनले आफ्नै लगानीमा तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न काम प्रारम्भ गर्ने नगरप्रमुख घनश्याम पाण्डेले वताए । तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्ने कुरालाई उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा राखेको थियो ।