दिपक बोहरा
तुलसीपुर १० मंसिर । बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ले मतदाताको एक भोट पनि अमुल्य रहेको बताएका छन् ।
मतदाताको एक भोटले मात्रै पनि हार जित हुन सक्ने भन्दै दाङ राजधानी बनाउन बामगठबन्धनले जित्नु पर्ने उनको भनाई थियो । अधिकांस ठाउमा बामगठबन्धनले बिजय हाँसिल गर्ने भन्दै प्रादेशिक राजधानी दाङमा ल्याउन बाम गठबन्धनले जितेपछि बहुमत पुग्ने र प्रदेशिक राजधानी दाङमा ल्याउन सकिने उनको भनाई थियो ।
मतदाताको एक भोटले मात्रै पछि परेमा बामगठबन्धन पछाडि पर्न सक्ने भन्दै मतदाताको प्रत्येक भोट अमुल्य रहेको बताएका छन् । मुलुकमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने भन्दै अन्य पार्टीलाई भोट दिएर आफ्नो अमुल्य भोट खेर नफाल्न आग्रह गरेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका अपारले आईतबार तुलसीपुर १४ मा भएका बिभिन्न चुनाबी कोणसभालाई सम्बोधन गर्दै बामगठबन्धनले स्थायी सरकार निर्माण गरी पाँच बर्षमा समृद्ध र बिकसित बनाउन एकता गरेको बताए । मुलुकका ठुला दल माओवादी केन्द्र र एमालेले गठबन्धन गरेसंगै बामगठबन्धनको दुई तिहाई बहुमत आउने उनले बताए ।










