इन्देणी संवादाता
घोराही, ३ असार
दाङको घोराहीबाट प्रकाशन हुदै आएको राप्ती पोष्ट राष्ट्रिय दैनिकले पाँचौ बर्ष पुरा गरी छैठौ बर्ष प्रवेश गरेको अवसरमा रक्तदान गरेको छ ।पत्रिका प्रकाशनको छैठौँ बर्ष प्रवेश गरेको अवसरमा विहिवार घोराहीको रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो ।
पत्रिकाका प्रकाशक तथा सम्पादक शरद अधिकारी, व्यवस्थापक जीवन अधिकारी, रेडियो प्रकृतिका स्टेशन मेनेजर संगीत वस्याल, पत्रकारहरु भुपेन्द्र वली, किरण गौतम र राप्ती पोष्ट दैनिकका प्रमुख समाचारदाता लिलाधर वली छ जनाले रक्तदान गर्नुभएको छ ।
दाङ सहित राप्ती अञ्चलका सल्यान, रुकुम, रोल्पा र प्युठान जिल्ला लगायत छिमेकी जिल्लामा पुगिरहेको राप्ती पोष्ट दैनिकको प्रकाशन २०६८ असार २ गते देखि भएको थियो ।।