इन्द्रेणी संवाददाता
दाङ, ३ असार
यस वर्षको एसएलसी परिक्षामा दाङका अधिकांश परिक्षार्थीहरु सि ग्रेडमा उत्तीर्ण भएका छन ।slcनियमिततर्फ सवैभन्दा वढि विद्यार्थी १ दशमलव ६ देखि २ दशमलव शुन्य जिपिए अर्थात सी ग्रेडमा परिक्षार्थीहरु उत्र्तिण भएका हुन ।

परिक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको एसएलसी नतिजा अनुसार दाङको समग्र नजिता पत्ता लगाउन केहि समस्या भएको छ ।

 

विगत वर्ष जस्तो पास फेल नभएर ग्रेडिङ सिस्टम हुँदा र सफ्टवयर तथा नेटमा आएको समस्याका कारण वास्तविक जिल्लाको नतिजा दिन सक्ने अवस्था नरहेको जिल्ला शिक्षा कार्यालय दाङले जानकारी दिएको छ ।jisika अहिले हरेक विद्यालयको नतिजा हेर्न सकिने अवस्था रहेपनि जिल्लाको समग्र नतिजा निकाल्न नसकिएको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले जानकारी दिनुभयो ।

राति अवेरसम्म नतिजा पत्ता लगाउने कोशिस गरेपनि केहि समसया आएको उहाँको भनाइ छ । जिल्लाका सवै विद्यालयले नतिजा शिक्षा कार्यालयलाइ उपलव्ध गराएपछि मात्रै जिल्लाको समग्र नतिजा दिने सकिने उहाँले वताउनुभयो । तर विगत वर्षमा अधिकांश परिक्षार्थी उत्र्तिण हुने गरेको सेकेण्ड डिभिजनजस्तै अहिलेको सी ग्रेडमा उत्र्तिण हुने परिक्षार्थी धेरै रहेको उहाँको भनाइ छ ।

यसैविच, एसएलसी परिक्षामा दाङ जिल्ला उत्कृष्ट घोषणा गर्न पनि कठिन भएको छ । केहि विद्यालयले जिल्ला प्रथममा दावि गर्दै आएपनि एकिन गर्न भने सकिएको छैन । दाङवाट यसवर्ष एसएलसी दिएका ७ हजार ८ सय ७४ मात्रै कक्षा ११ पढ्न योग्य र १ हजार ५ सय ७२ जना विद्यार्थी कक्षा ११ वढनवाट वन्चित भएको वताइएपनि एकिन भने हुन नसकेको शिक्षा कार्यालयले वताएको छ ।।