पाण्डव शर्मा
दाङ क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णबहादुर महरा र प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार शंकर पोख्रेललाई घोराहीका मुश्लिम समुदायले स्वागत गरेका छन् । उनीहरुले एक कार्यक्रम गरी स्वागत गरेका हुन् ।
स्वागत समारोहलाई सम्वोधन गर्दै महराले आफूहरुले बिगतदेखि नै अल्पसंख्यकको आवाज बुलन्द गर्ने गरेको बताउनुभयो । ‘सबै धर्म र समुदायलाई सम्मानपर्छ, हामी यसमा धेरै अगाडि छौं’– उहाँले भन्नुभयो– ‘उत्पीडित वर्ग समुदायको अधिकारका लागि वाम गठबन्धन जिताउन आवश्यक छ ।’
त्यस्तै पोख्रेलले सबै धर्मालम्विबीच भावनात्मक एकता आवश्यक रहेको बताउनुभयो । उहाँले पनि बाम एकताबाटै देशमा प्रगतिशील ब्यवस्था स्थापना हुने र सबै धर्म समुदायको समान सहभागिता सुनिश्चित हुने बताउनुभयो ।
