इन्द्रेणी संवाददाता
दाङ २ मंसिर । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रतिनिधि सभा दाङ क्षेत्र नं २ का उम्मेदवार कृष्णबहादुर महरा जनताको गुनासो सुन्दै मतदाताहरुको घर घर छिरेका छन् ।

23667177_1622765181120148_1095229277_n - Copyमहरा गाउँ छिरेपछि जनताले उनलाई दाङलाई समृद्ध बनाउन र जिल्लालाई प्रदेश नं. ५ को राजधानी बनाउन पहल गर्न आग्रह गरेका छन् । जनताको अभिभावकको रुपमा दाङको नेतृत्व गर्नुपर्ने र यहाँको समग्र विकास गर्दै जिल्लालाई संमृद्धितर्फ लैजानुपर्ने मतदाताको माग छ । भने एउटा प्रभावसाली नेताको हैसेतमा रहेकाले दाङलाई प्रादेशिक राजधानी बनाउन पनि माग गरेका छन् ।

त्यस्तै उनीहरुले गाउँमा खानेपानीको अभाव भएकाले यसका लागि पहल गरिदिन र स्थानीय सरकारलाई खानेपानी योजना सञ्चालन गर्न तत्काल निर्देशन दिन समेत उनीहरुको माग छ ।