नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आफ्नो ३५औँ बार्षिकोत्सव यही मङ्सिर १ गते, २०७४ मा मनायो । हरेक बर्षको असोज ११ गते पर्ने यस उत्सव विविध कारणवश यसपटक अनौपचारिक तथा सूक्ष्मरुपमाप्रतिष्ठानका कर्मचारीबीच सम्पन्न गरियो ।
उक्त अवसरमा प्रतिष्ठानले बर्षभरिमा गरेका कार्यहरुको समीक्षाको साथै रणनैतिक कार्ययोजनाको सफलकार्यान्वयनमाथि बरिष्ठ अध्ययन निर्देशकहरुले प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्य प्रसाद न्यौपानेलेप्रशिक्षण, अनुसन्धान तथा परामर्शका क्षेत्रमाप्रतिष्ठानलेउल्लेखनीय प्रगति गरेको चर्चा गर्नुको साथै प्रशिक्षण, अनुसन्धान तथा परामर्शका माध्यमद्वारा सरकारी कर्मचारीहरुको कार्य क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको प्रतिष्ठानलेकेही वर्षमा नै यसक्षेत्रमाठूलो फड्को मारेको स्मरण गराउनुभयो।प्रतिष्ठानकोनियमावलीमा उल्लेख भएअनुरुप बस्तुगत सूचाकांकको आधारमा कर्मचारीहरूको समग्र कार्य सम्पादन मूल्यांकनबाट उत्कृष्ट भएका कर्मचारीहरुलाई प्रशंसा पत्र एवम नगद पुरस्कार वितरण गर्दै कार्यकारी निर्देशकश्रीन्यौपानेलेप्रतिष्ठानले असल संस्कारको विकास गर्दै लगेकोबताउनु भयो।
प्रशंसा पत्र एवम नगद पुरस्कार पाउनेहरुमाप्राध्यापन तथा अनुसन्धान समूहतर्फ अध्ययन निर्देशक श्री वसन्तराज सिग्देल, प्रशासनतर्फबाट टाइपिस्ट श्री दिलिप देउजा र कार्यालय सहयोगीतर्फबाट श्री सरोज महतो हुनुहुन्थ्यो।
