दिपक बोहरा

तुलसीपुर १ मंसिर । बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं ३ को १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका माओवादीका नेता जग प्रशाद शर्मा ‘अपार’ जनताका समस्या बुझ्न गाउगाउमा पुग्ने गरेका छन् । त्यसैक्रममा उनी बिहिबार तुलसीपुर उपमहानगरपालिका १४ ड्वाङपुर पुगे । त्यहाँका अधिकांस नागरिकले बिकास र सम्बृद्धि मागे । उनीहरुका मागहरु सडक कालोपत्रे, खानेपानी, सिंचाईको सुबिधा उपलब्ध हुनुपर्ने – यस्तै यस्तै थिए ।
apar (2)
तर त्यहाँकी ८० बर्षीया एक बृद्धा आमाको पीडा फरक थियो । उम्मेदवार अपारसंग उनले फरक माग राखिन् । उनले उम्मेदवारसंग बिकास मागिनन् । उनको माग थियो बृद्धभत्ता । सरकारले ७० बर्षमा भएदेखी बृद्ध भत्ता प्रदान गर्छ । तर तुलसीपुर १४ ड्वाङपुरकी कमारी देवी रावतले अहिले सम्म बृद्ध भत्ता खान पाएकी छैनन् । त्यसैले उनले उम्मेदवार अपारसंग बृद्धभत्ता उपलब्ध गराईदिन माग गरिन् ।

उनले साबिक सैघा गाबिस ४ मा बसोबास गर्दा भत्ता पाईरहेको भएपनि त्यहाँ बसाईसराई गरिसकेपछि अहिले सम्म पनि सरकारले बृद्ध भत्ता उलब्ध नगराएको उनले बताईन् । वडा कार्यालयमा पुग्दा यो या त्यो बाहाना बनाएर बृद्ध भत्ता उपलब्ध नगराएको उनका छोरा बुद्धिराम रावतले बताए । त्यस अबशरमा उम्मेदवार जग प्रसाद शर्मा ‘अपार’ले ती बृद्धलाई बृद्धभत्ता उपलब्ध गराउन पहल थाल्ने प्रतिबद्धता जनाए ।