घोराही,१ मंसिर । नारायणपुरको बसपार्क पुन सञ्चालनमा आएको छ । बसपार्क सञ्चालन समिति,यातायात समिति र सरोकारवाला निकायको विचमा भएको छलफलले बसपार्कलाई सञ्चालनमा ल्याउने निर्णय गरेको छ । जस अन्तर्गत मंसिर १ गतेदेखि घोराही–तुल्सीपुर रुटमा चल्ने बसहरुसँगै तुलसीपुरवाट जिल्लावाहिर चल्ने लामो रुटका प्रत्येक गाडीहरु अनिवार्य रुपमा बसपार्क पस्नुपर्ने निर्णय गरेको छ ।
नारायणपुर बजार क्षेत्रमा सवारी दुर्घटनालाई न्यूनिकरणसँगै बजारमा हुने अव्यवस्थीत पार्किङलाई हटाउनका लागि समितिले नारायणपुर क्षेत्रमा गार्डीहरु पार्किङ गर्न नदिने निर्णय गरेको छ । पार्किङ गर्नु परे बस,ट्रक,टेक्टर,पावरटेलर,अटो तथा इ–रिक्साहरु अनिवार्य रुपमा बसपार्कमा पार्किङ गर्नुपर्ने छलफलले निर्णय गरेको छ । बसपार्क सञ्चालन समितिका अध्यक्ष महेन्द्रकुमार दाहालको अध्यक्षतामा भएको बैठकले नारायणपुर क्षेत्रमा बसर्पाकसँगै खैरा,नारायणपुर स्वास्थ्यचौकी,इलाका प्रहरी कार्यालय नारायणपुरचोक,जलौराचोक,झारवैरा चोक,सौडिकुलालगायतका चोकहरुमा मात्र सवारीसाधनहरु रोक्नुपर्ने भन्दै बस बिसौनी लखेका होर्डिङ बोर्डहरु समेत समितिले गाडेको छ ।
बैठकमा घोराही उपमहानगरपालिका वडा नं.१०का वडा अध्यक्ष चित्रबहादुर डागी ‘निर्मल’,वडा नं.८ का अध्यक्ष चन्द्रप्रसाद चौधरी,वडा नं.११ का अध्यक्ष कुलबहादुर लामिछाने,वडा नं.१२ का अध्यक्ष रविलाल घर्ति, राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिका कोषाध्यक्ष प्रियतम श्रेष्ठ,अम्विकेश्वरी बस व्यवसायी समितिका उपाध्यक्ष कुलप्रसाद रजौरे ‘श्रवण’,तुल्सीपुर टेक्सी तथा मिनि माइक्रो बस व्यवसायी समितिका निमकुमार श्रेष्ठ,अटो तथा इ–रिक्सा समितिका डिल्लीबहादुर डागी,सहारा यातायात प्रालि र मालिका कालिका यातायात प्रालिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।