तुलसीपुर , मंसिर १ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ वायखोलामा पहिलो पटक गाडी पुग्दा स्थानीयवासी निकै खुसी भएका छन् । तुलसीपुर आँखा अस्पतालदेखि वायखोला, खारखोला,वनहरी, खाद्रे हुँदै खुमखानीसम्म पहिलो पटक गाडी पुगेपछि स्थानीयवासीहरुले नगरप्रमुख घनश्याम पाण्डे लगायतलाई माला लगाएर स्वागत गरेका थिए ।

111तुलसीपुरदेखि पर्सेनी हुँदै खाद्रेसम्म धेरै पहिलेदेखि गाडी चलेपनि आँखा अस्पतालको बाटो हुँदै गाडी सञ्चालन हुन सकेको थिएन । जिल्ला समन्वय समिति दाङ ,तुलसीपुर उपमहानगरपालिका र वडा नम्वर ४ को सहयोग र सक्रियतामा वाटो सञ्चालन भएको वडाध्यक्ष वालकृष्ण रानाले वताए ।

उनले भने “हामीले तत्कालका लागि गाडीहरुलाई नोक्सान नहोस् भनेर ३० हजार रकम दिने भएका छौ ” रुटका रुपमा स्थापित होस् र नियमित गाडी चलोस् भन्नका लागि सहयोग गरिएको पनि रानाले वताए । आइतवारबाट नियमित रुपमा गाडी सञ्चालन हुने चन्द्र सुर्य प्रालिका अध्यक्ष अरुणकुमार श्रेष्ठले वताए । खुमखानीसम्म गाडी चल्ने भएपछि रोल्पाको सिमानामा पर्ने गाउँहरुका स्थानीय जनताले राहतको महसुस गर्ने वडाध्यक्ष रानाले वताए ।