गोविन्द खड्का
घोराही । रेडबुलका बोतलहरु बाहिर नफाल है फोहर हुन्छ’ मोवाईल तथा ईलेक्टोनिक्स व्यवसायी संघका अध्यक्ष दिपक पाण्डेयले शनिवार सदस्यहरुलाई अह्याउनु हुन्थ्यो । खानेहरुले फुत्त फुत्त भुईमा खसाल्थे । संघका सदस्य मात्रै होईन मन्दिर क्षेत्रमा पिकनिक गएका यसरी भुईमा फाल्नेहरुको संख्या एकिन गर्न सकिदैन्थ्यो । रसिद काट्ने कर्मचारी समेत टिम छुटे नछुटेकोमा अलमल थिए ।

100_6991

यति टोलि आएको छ भन्ने अनुमान गर्न नसकिने गरी पाण्डवेश्वर मन्दिर धारपानीमा शनीवार घुईचो लागेको थियो । पकाउदै, खा“दै नाच्दै गरेका टिमहरु खोला देखि मन्दिर नजिक सम्म प्रशस्तै थिए । त्यहा भएको हुल अनुमान गर्न टाढै बाट देखिने रुखहरु विचको धुलो पर्याप्त थियो । विद्यालय, संघ संस्थाका पिकनिकहरु च्लिरहेका थिए । जहा खान्थे त्यहि खसाल्थे ।

त्यसरी भएको भिड भाड र साना ठुला गाडिहरुको व्यवस्थापनमा भने मन्दिर व्यवस्थापन समिति पहल लिन सकेको थिएन । पहिलो पटक पुगेको प्युठान उद्योग वाणिज्य संघ ठेगाना बताउने गुप्तबहादुर राणाले रसिद काट्ने कर्मचारीलाई मन्दिर क्षेत्रको निति नियम बारेमो सोधखोज गरीरहेका थिए । पहिलो चोटि पुग्दा बहुतै राम्रो देखेको रानाको प्रतिकृया थिए । व्यवस्थापन भने चित्त बुझेन । मन्दिरले लिदै गरेको तिन सय रुपैया शुल्क पनि रानका लागि अप्रयाप्त थियो ।

ति कर्मचारी गाविन्द प्रसाद अधिकारीलाई मन्दिर क्षेत्रको क्षेत्रफल, हेर्न लाएक महत्वपुर्ण संरचनाहरु र मन्दिरको व्यवस्थापन को जिज्ञासा थियो । जथाभावि फालेका फोहर, प्लाष्टिकका वोतल, गिलास, खानपीन हालेका प्लाटिकहरु, पानी खाएका बोतल, खान खाएका प्लाष्टिकका प्लेट तथा चमचहरु, हरेक कुराहरु रद्धसिद्ध देखिन्थे । कतिपय क्षेत्रमा टुसुक्क बस्न लाएक सजिलो ठाउँ  थिएन । जहा आनन्दले बसेर खान सकियोस् । शुल्क थप्नुस व्यवस्थापन गर्नुस ति कर्मचारीले सुझाव दिदै भने, कर्मचारी धेरै चाहिने ठाउँ  हो । यसो त समितिले तिन सय सुल्क लिने गरेको छ । चार जना कर्मचारीहरुलाई त्यहि शुल्कको रसिद काट्न ठिक्क छ ।

त्यहाँ  रहेको प्रहरीले सहयोग गरीरहेको थियो । मन्दिरका कर्मचारी संगै भेटिएका प्रहरी झप बहादुर गुरुङ भर्खर व्यवस्थित हुदै गरेको बताउनुभयो । उहाले पानी खान चारवटा धाराको व्यवस्था भएको जानकारी दिनुभयो । ति धारा वरपरको फोहरको दृश्यले पानी खाउ कि नखाउ जस्तो बनाउथ्यो । पानी खाएका गिलास, र प्लाष्टिकहरु छितरीएका प्रशस्तै मात्रामा थिए । फोहर र अव्यवस्थितका कारण त्यहा जाने तिर्थ यात्री एवं पिकनिक खानेहरु घट्ने हुन कि भन्ने त्रास दिने वातावरण थियो ।

100_6975फोहर व्यवस्थापनका लागि गम्भिर बनेको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारीदिनुभयो । सचिव आचार्यका अनुसार फिल्डमा राख्ने मात्रै २० वटा डम रंग रोगन भैरहेका छन् । पिकनीक स्पोर्ट साकाहारी र मांशहारी भनेर फरक फरक बनाईदै छ । दुवै ठाउमा शौचालयको व्यवस्था गरीदैछ । केहि बर्ष अघि चलेको खुला दिसामुक्त अभियानका तत्कालीन सौडियार गाविस सरसफाय सििमतिका सचिव हुनुहुन्छ सरसफाय अभियान्ता आचार्य । सौडियार जिल्लाको दोश्रो खुलादिसा मुक्त गाविस बनाउन सफल हुनुभएको थियो ।

मन्दिर क्षेत्र भने खुला दिसा युक्त भएको छ । जाड रक्सी देखि भोज भतेर गरेकाहरुले दिसा पिसाव गर्ने शौचालय छैन । उहाले सरसफाइ योजना बनेको जानकारी दिनुभयो । सुर्ति पुकार बेच्न समेत प्रतिवन्ध लगाउने सोचिएको सचिव आचार्यको भनाई छ । ‘सरसफाइमा पुरै चिन्ता छ’ विश्वको अग्लो त्रिसुल राख्न सफल समितिका सचिव आचार्यले भन्नुभयो, ‘तपाई एक हप्ता पछि हेर्न आउनुस् ।’ यद्यपी उहाको भनाई पत्याई हाल्न सकिदैन । विश्वको ठुलो घण्ट राख्ने तयारी थालिएको मन्दिर सबै भन्दा सफा र व्यवस्थित बनाउन निकै चुनौति छ । त्यसका लागि समिति मात्रै होईन सबै क्षेत्रले संयमता अपनाउनु पर्छ । जथाभावि नफाल्ने त्यहा जानेहरुले सिक्नुपर्छ । फालिएको बस्तु व्यवस्थापन गर्ने निति ल्याउनुपर्छ । सबैको चासो नभए बौरिदैी गरेका पाण्डवेश्वर धार्मिक पर्यटकीय क्षेत्र खुम्चिदै जाने बेर लाग्दैन ।