पाण्डव शर्मा 
घोराही  । चुनावी  अभियान अन्तरगत टाेल भेटघाट रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई जनताहरुले विकासका याेजनाहरु माग गरिरहेका छन् । दाङ निर्वाचन क्षेत्र नं का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार उपप्रधानमन्त्री महरालाई जनताले सडक, कुलाे, पुल र खानेपानिकाे माग गरेका छन् । घाेराहीकाे चाेरगाउँमा पुगेका महरालाई स्थानीहरुले विकाश प्रेमी भएकाले अाफूहरुकाे अपेक्षा धेरै गरेका थिए ।

23600615_10212806358147083_1296946045_o

स्थानीय पक्वै निवासी बसन्ति चाैधरीले गुठी जग्गामा समस्या देखिएकाे जानकारी दिईन् । उनले जाेतभाेग रहेकाे जग्गा किसानकाे नाममा अाउनु पर्ने बताईन् । सातगाउँलाे कुलाका दिपक चाैधरीले कृषि उत्पादन बढाउन सरकारले याेजना ल्याउन महरालाई माग गरे । स्थानीहरुले महरालाई पाँच नं प्रदेशकाे राजधानि दाङलाई बनाउन अाग्रह गरे । साे अबसरमा स्थानिहरुले महरालाई विभिन्न याेजनाकाे माग प्रस्तुत गरेका थिए ।

महराले अाफू जितेर गईसकेपछि यी याेजनाहरु अाफू विजयी भईसकेपछि पूरा गर्ने बताए । उनले अाफू अर्थमन्त्री हुँदा पाँच अर्ब बजेत विनियाेजन गरेकाे स्मरण गर्दै अब पनि निरन्तर विकाशमा लाग्ने प्रतिद्वता जनाए ।