
गोविन्द खड्का
अध्याँरोमा हिड्दैगर्दा अपर्झट भेटभयो । म काम सकेर घर फर्किन एकशुरले शहिद गेटहुदै उत्तर बढिरहेको थिए । साली कतै बाट आँउदै गरेकी रहिछन् । तिनको साथमा बच्चा सहितको अर्को बालिका आमा थिईन् । मात्रै सडकको वल्लो र पल्लो किनारा हाम्रो दुरी थियो । गाडिका उज्यालोले चिनायो ।
उत्ताउलो बानी कहाँ जानु र ? हारेपनि पुरुषहरु नै अघि सर्न हत्तार गर्छन् । साली भनेर पहिल्यै बोलाए । उनि झस्किईन् । अनि मलाई चिनेपछि खुशि भईन ‘अरे यति बेला काबाट भीनाजु ?’ भनेर सोधिन् । म काम बाट फर्किदैछु । तिमी पो राती राती कहाँ हिडिरहेकि छेउ भनी सोधे“ । राती राती त हो नि काम हुने भनेर जिस्किन थालिन् । म पनि सालीको खुला पनले मख्ख ।
उनि आफै सत्तीईनिन् । तपाईलाई गतिलो भेटाईदिन्छु भनेर तिनै बालिका आमा तिर औल्याईन् । मेरो पेशा सालीलार्ई थाह छ । त्यसकारण बोले पनि व्यवहारमा मेरो ओछ्यान बन्न तयार कहिल्यै भैनिन् । यति लामो समय सम्म पनि उनको शरीरमा हात लगाउनै पाएको छैन । बोल्दा खेरि सबै कुरा हुन्छ । तर, के भा को कुन्नी उनि संग बोल्दा यौन उत्तेजना नै हुदैन ।
उनले कुरै कुरामा एक दिन मलाई बरु दुई तिन छाक खान छोड्छु खोजेको बेलामा यौन तिर्खा मेटाउनै पर्छ । सहनै सक्दैन । विरामी भैजान्छु । व्यहोस जस्तो हुन्छु । बोर लागेको जस्तो हुन्छ । जागर चल्दैन । नया“ कुरा फुर्दैन । राम्रै कुरा गरेपनि अमन पर्छ । मान्य जनसंग पनि झर्केर रुखो बोल्छु । कता कता सकसक गरेजस्तो, केहि नपुगे जस्तो, टाउको फुल्लीएर बोक्नै भारी जस्तो, शरीर गहुंगो भएर चल्ने नसकेको होकि जस्तो हुन्छ । निद पनि लाग्दैन भनेर सुनाउथिन् । तपाईहरु भए त खोज्दै व्यस्यालय पुग्नुहुन्थ्यो होला । हामि त कसलाई आईज भन्नु भनेर दुख पोखेकि थिईन् । त्यसतो आपद पर्दा मलाई बोलाउनु भनेको हु । तर कहिल्यै सम्पर्क गरीनन् ।
मैले घोरीएर बालिका आमालाई हेरे । गोरो बर्णकि पातली पातली थिईन् । उनको फेसन सामान्य लाग्थ्यो । बच्चा नावालक थियो । मतलव आमालाई जे जसो गरेपनि बच्चा प्रतिकृया जनाउन लाएक थिएन । तिनको श्रीमान वा आफन्तका बारेमार केहि बुझन् पाईन मैले । खासमा बोल्दै बोलेनौ । मात्रै सालीले सबै कुरा गरीन् । हामि बार्गेनिङ गर्दै लखन पार्क नजिक सम्म पुग्यौ । त्यसबेला सम्म पनि कुरा मिलेन । पहिलो कुरा त मैले सुश्चितताको बहाना बाजी गरेर विताए“ । हुन्छ कि हुन्न ? साच्चै हो । पक्का भन । यति राम्री छिन् म जस्तोलाई के राम्रो मानलिन र ? भन्दै पन्छिन खोजे । पक्का दिन्छीन । त्यसको जिम्मा मेरो भयो भनेर ठोकुवा गरीन् । त्यस पछि हामिहरुविच रकमको कुरा शुरु भयोे ।
उनले कसम हो के । विश्वास गर्नुस भनेपछि पक्का भयो । त्यसपछि मैले रेट सोधे । निशुल्क सेवा दिनेकुरो भैन । मेरो पर्समा मुश्किलले एक हजार रुपैया थियो । कति दिनुपर्छ भनेर उनलाई सोधे, त्यसतै हजार १५ सय दिए हुन्छ भनिन् । अनि मैले त्यति पैसा छैन भनेर जवाफ दिए“ । उनले मलाई नास्ता पानी खानपिन भएपछि पुग्छ । म तलै बस्छु । तपाईहरु माथि कोठामा जे जे गरेपनि गर्नुहोला । भनिन् । यसो मनमनै फा“टेकोे झन महंगो पर्ने देखियो ।
अब पैसा छैन भनु भने पनि नामर्द जस्तो देखिने । उनिहरुको प्रस्तावमा गैहाल्न पनि हिम्मत नआउने । लोभ मान्ने पनि हद हुन्छ । त्यो कति सम्म देखाउने । त्यसको असर कति पर्ने हो ? कुनै हिसावमा पनि ठिक लागिन । अर्को शर्त बनाउनु पर्ने भयो । हामिले कुरा गरीरहदा बालिका आमा सुनेको नसुन्यै गर्थिन् । उनको मौनताले स्विकृती दिएको बुझ्न सकिन्थ्यो । हिन्दै गर्दा छोईन्थ्यो । शरीर तातो लाग्थ्यो । हिन्दा हिन्दै केहि ईमोशन पनि भएको हो । तर होटलमा पस्न हिम्मत आईन ।
कोठा ठिक छकि छैन भनेर सोधे । सालिले भनिन् एक जना बुढि महिला मात्रै छिन् उनि केहि थाह पाउदैनिन् । म तला बस्छु तपाइ दुईटा माथि कोठामा जानुहोला । मस्ति गर्नुहोला कोहि हुन्नन । जस्तो भनेपनि मान्छिन् त ? सालिलाई सोधे । अ ए गर्नपो सक्नुप¥यो । उनले त जे भने पनि मान्छिन् । सानी बच्चा जस्तै देखिन्छन् । कराए केहि गरेपछि त बर्वाद भयो नि त मैले शर्त थपे“ । त्यसको जिम्मा पनि सालिले लिईन् । तल बसेर पर्खिउन्जेल मैले उनलाई प्युनेको व्यवस्था गर्नुपर्दथ्यो ।
गफ गर्दै जादा होटल आईपुग्यो । बालिका आमा ख्वास्स गल्ली बाट भित्र पसिन् । सालि भने मसंग वार्गेनिङ गर्दै थिईन् । उनिबाट उम्किने सबै उपाए सकिएको थियो । मान्छे पनि मन परेकै हो । म भन्दा सुन्दर सुहाउदिली थिईन् । सायद सुन्दरता तुलना गरौभने म संग फिट खादैन्थ्यो । पुरुषहरु आफु भन्दा सुन्दर र गतिला लाग्ने महिलालाई तल पार्दा पुरुषार्थ सम्झिन्छन् । म पनि पुरुष हु । आफु भन्दा अलि राम्री पाउनु सौभाग्य ठान्छु । र उनिहरु संग लहसिन खोज्छु ।
मेरो लागि तयार पारीएकि सिकार भित्र तयार थिईन होला । सायद ढोका बाहिर हेर्दै बसेकि हुनुपर्छ । म भने सडक किनारामा सालि संगै उभिएको थिए । मैले भने तिमि हि“ड । मलाई सबैले चिन्छन् । संगै जा“दा अफ्ठेरो पर्छ । म आउछु । अनि उनले भनिन् । पक्का नि ? सायद विश्वास लागेको थिएन । साच्चै होनि भनेर सोधिन । विश्वास गर न । बरु हिडिहाल्, मैले आदेश गरे । जब उनि सटक सटक सडक पार गर्दैथिईन् । मैले सुईकुच्चा ठोके । यसरी कि कसैले भेटाउन नसकुन् । हिन्दै गर्दा अर्को बुद्धिपनि फु¥यो । एउटा बाट अर्को गल्ली छिर्ने र कता गयो भन्ने अनुमान गर्न नसकिने बनाउने । लुक्ने भाग्ने सम्वन्धि युद्धकला मलाई थाह छ ।
उनिहरुको मिठाएको मुख, सोचिएको सुख अलपत्र भयो । त्यसको पिडा कति थियो भने भोलिपल्ट सालिले सातै खाईन् । हिजो खुब भाग्नु भयो नि ? मलाई जावाफ खोज्नै मुश्लि भयो । केहि बेर चुप लागे । अनि भने तिमिले भनेजति पैसा थिएन । त्यसैले बस्न सकिन । यस्ता मान्छे । मैले आफ्नो मान्छे भनेको थिए । कति राम्रो व्यवस्था गरीदिएको थिए । भाग्नुभयो नि ? त्यसपछि भने धेरै लामो बहस गर्न सकिन । थोरै खाति लाग्यो पनि । मेरो जिन्दगीमा मर्दको एउटा खुड्कीलो थपिन्थ्यो । यति वटिलाई हानिएको छ भनेर दौतरी संग धक लगाईन्थयो । फलानी भनेर किटान नगरेपनि सुतेका महिलाको संख्या त हरेक पुरुषले ख्याल गरेका हुन्छन् । आफ्नो जिवनमा कुन स्तरका कति जना संग सम्पर्क भयो । कुन दर्जाकिलाई पट्याउन सक्यो भन्ने विषय ठुलो हुन्छ । त्यो दोतरीको विचमा बहादुर कहलिने गर्छ ।
भोलिपल्ट बजार आउदा मुखैमा जम्का भेट भईहाल्यो । साघुरोमा छलिएर भाग्न पनि सम्भव रहेन । कतै देखेपछि अनुहार लुकाएर फुत्त बाटो काट्छु भन्ने सोचेर मन कुरा गर्दै आएको थिए । हारेको मनस्थितिमा मलिन स्वभावमा पुलुक्क हेरे । साली लजाएको भावमा ङिच्च दात देखाएर हेरिन् । चुरोटको धुवाले रांङिएका दात गिजाले मलाई गिज्याईरहेको जस्तो महशुस गरे“ । भाग्नु भयो नि भनेर बोलाईन् । मेरो जवाफ थिएन । हासेर स्विकारे । मैले आफ्नो मान्छे भनेर त्यत्रो कुरा मिलाईदिएको थिएँ भनिन् । मैले फेरी फेरी गरौलानि भनेर आश्वस्त पार्न खोजे । उनले पत्यान्न भनेर जवाफ फर्काईन् । तर अनुहार पढ्दा आशा बाँकी देखिन्थ्यो ।











