पण्डव शर्मा
वंगलाचुली(दाङ), २७ कार्तिक । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य रेखा शर्मा र नेकपा एमालेका केन्द्रिय सदस्य शान्ता चौधरीले वामपन्थीहरुले मात्र मुलुकमा समानता ल्याउन सक्ने बताएका छन् ।
वंगलाचुलीमा माओवादी केन्द्र र नेकपा एमालले आयोजना गरेको संयुक्त सभालाई संवोधन गर्नै उनीहरुले त्यसका लागि वापन्थीहरुलाई दुई तिहाई मत दिनुपर्ने आवश्यकता औंल्याए ।
माओवादी नेतृ रेखा शर्माले अब बन्ने वामपन्थीको सरकारले उत्पीडित वर्ग तथा समुदायको हितका लागि विशेष कार्यक्रम ल्याउने धारणा व्यक्त गरिन् । आँफू सामान्य प्रशासनमन्त्री हुँदा दाङको विकासका लागि निरन्तर पहल गरेको उल्लेख गर्दै शर्माले आगामी दिनमा पनि यस क्षेत्रको विकासमा निरन्तर लागिरहने बताईन् ।
एमाले नेतृ शान्ता चौधरीले वंगलाचुलीको विकासका लागि आँफूले विगत देखि नै निरन्तर पहल गरिरहेको जानकारी दिइन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले जनताको भावना अनुसार नै पार्टी एकीकरणको घोषणा गरेकोमा धन्यवाद ज्ञापन गरिन् ।
