तुलसीपुर(दाङ), २७ कात्र्तिक । मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि नेकपा एमाले र माओवादीसहितको बाम गठबन्धनले दाङको क्षेत्र नम्बर ३ मा चुनाव प्रचार प्रसारलाई तीव्र बनाउँदै लगेको छ ।

bam picचुनाव प्रचारका क्रममा बाम गठबन्धनले बिभिन्न क्षेत्रमा चुनावी सभा गरेको खबर प्राप्त भएका छन् । बाम गठबन्धनका क्षेत्र नम्बर ३ का संचार संयोजक गणेश आचार्यका अनुसार तुलसीपुर ८ को कटकुइँया र बटवलपुर त्यसैगरी तुलसीपुर १२ हरीपौरा,दंगिरण २ कलमखोला र शान्तिनगर ४ चिराघाट बृहत चुनावी भेला गरिएको छ ।

ती भेलाहरुलाई सम्बोधन गर्दै बाम नेताहरुले लगातार पाँच बर्षसम्म कमन्युष्टले सरकार चलाउन पाए देश समृद्ध बन्ने बताएका छन् । सभालाई संम्बोधन गर्दै ३ क्षेत्रका प्रतिनिधी सभा सदस्यका उमेद्वार हिराचन्द्र केसीले कम्युनिष्टले चुनाव जिते मात्रै मुलुकमा विकासको मुहान फुट्ने बताए ।

उनले काँग्रेसले जिते भ्रष्टाचार मौलाउने र बामपन्थीले जिते विकासले फड्को मार्ने भएकाले भ्रटाचार खोज्नेले काँग्रेस र विकास खोज्नेले कम्युनिष्ट रोज्न आग्रह गरे ।
त्यसैगरी ३ नम्बर क्षेत्र क का प्रदेशसभा सदस्यका उमेद्वार जगप्रसाद शर्मा अपारले हालसम्म देशमा काँग्रेसको हालीमुहाली चलेकाले जनता गरीब हुनुपरेको बताए । बामपन्थीले चुनाव जिते पाँच बर्षसम्म सबै जनताको घरमा खुसीको दियो बल्ने उनले बताए । उनले आगामी चुनावमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर जनतालाई सुखी र देशलाई सम्वृद्ध बनाउने बताए ।