इन्द्रेणी संवाददाता
दाङ, २७ कार्तिक । दाङमा मंसिर २ गते मिनी म्याराथुन प्रतियोगीता हुने भएको छ । त्रिभुवन जेसीज दाङले १७ किलोमिटरको एनआइसी एसिया मिनी म्याराथुन प्रतियोगीताको आयोजना गरेको हो ।

innआज दाङको घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी त्रिभुवन जेसीजले म्याराथुनको तयारी तीब्र रुपमा भइरहेको जानकारी दिएको छ । कार्यक्रममा प्रतियोगीता आयोजक समितिका संयोजक यज्ञबहादुर खड्काले मंसिर २ गते जेसीजको सचिवालयबाट शुरु हुने म्याराथुनमा सहभागी भइदिन सबै खेलाडीहरुलाई अनुरोध गरे । म्याराथुन महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिक सहभागी हुने बताइएको छ ।

म्याराथुनमा विजयी हुने पुरुषतर्फ प्रथम पुरस्कार २० हजार, द्धितीय १० हजार, महिलातर्फ प्रथम पुरस्का २० हजार, द्धितीय पुरस्कार १० हजार रहेको छ भने बालबालिका र ज्येष्ठ नागरकतर्फ प्रथम पुरस्का ५÷५ हजार रहेको छ । प्रतियोगितामा भागलिन चाहानेहरुले जेसीजको सचिवालयमा सम्पर्क राख्न पनि आयोजकले अनुरोध गरेको छ ।

जेसीजका अध्यक्ष दिपक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक उपाध्यक्ष केदारराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, जिल्ला ट्राफिकका उत्तरमकुमार जिसी, दिपक सेट्टीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण महासचिव मुकेश शर्माले गरेका थिए ।