पाण्डव शर्मा/जीवन नेपाली
वंगलाचुली(दाङ), २७ कार्तिक । उपप्रधानमन्त्री कृष्णबहादुर महराले वंगलाचुलीलाई दाङलाई यस क्षेत्रकै पर्यटनको हव बनाउन सकिने बताएका छन् । नेकपा एमाले र माओवादी केन्द्रले आज वंगलाचुलीको कमीरचौरमा आयोजना गरेको संयुक्त चुनावीसभालाई संवोधन गर्न पुगेका महराले स्थानीयहरुलाई आँफूले सरकारबाट पर्यटन केन्द्र बनाउनको लागि पहल गर्ने बताएका हुन् ।
उनले आफू अर्थमन्त्री हुँदा पहलमा घोराही–मुकुर्टी सडक कालोपत्रेका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै महराले वंगलाचुलीमा भ्यूटावर स्थापनका लागि आँफूले पहल गर्ने बताए ।
‘दाङलाई पाँच नं प्रदेशको राजधानी बनाउन मैले पहल गरिरहेको छु, अब दाङको जनसंख्या बढ्छ,’ महराले भने, ‘यहाँ गर्मी छल्लनका लागि पर्यटकहरु आउने छन् ।’ बंगलाचुली क्षेत्रका युवाहरु विदेशिने क्रम रोकेर स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने महराको भनाई छ ।
दाङको विकासका लागि आँफूले विगतदेखि निरन्तर पहल गरिरहेको उल्लेख गर्दे महराले अबको पाँच वर्ष आँफूले समृद्ध दाङका लागि काम गर्ने स्पष्ट पार्नुभयो । निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका महराले दाङमा वाम गठबन्धनले ९ औट सिटमा विजयी हासिल गर्ने दावि गरे ।
आर्थिक विकासका लागि राष्ट्रिय पूँजीको विकास गर्नुपर्छ : पोख्रेल
एमाले स्थायी समिति सदस्य एवं दाङ निर्वाचन क्षेत्र नं प्रदेशसभा २ (क) का उम्मेदवार शंकर पोख्रेलले मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने बताए । उनले दलाल पूँजीवादलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गरे । वाम गठबन्धनले मुलुककमा समृद्धि ल्याउने पोख्रेललको भनाई छ । कमिरेचौर पुगेका महरा र पोख्रेललाई हजारौं जनताले झाकि जुलुश सहित स्वागत गरेका थिए ।











