काठमाडौं २७ कार्तिक । गृह मन्त्रालयले आसन्न निर्वाचनका लागि उम्मेद्वारी दिएका उम्मेदवारमाथि भएको आक्रमणबाट सुरक्षा चुनौती बढेकाले थप सुरक्षाको प्रबन्ध गरिएको जनाएको छ ।

police

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा गृहमन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले चुनाव प्रचार प्रसारका क्रममा भएका घटनापछि थप सुरक्षा प्रवन्ध मिलाइएको जानकारी दिनुभयो ।

पछिल्ला घटनाले थप सुरक्षा चुनौतीको संकेत गरेको भन्दै उहाँले सुरक्षा चुनौतीहरूको विश्लेषण गरी त्रुटीरहित र भरपर्दो सुरक्षा प्रबन्ध मिलाउने जानकारी दिनुभयो । बैठकमा प्रमुखु निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पछिल्ला केही घटनाबाट सजग हुनुपर्ने भएपनि समग्र सुरक्षा कार्ययोजना राम्रो रहेकोले बताउनुभयो ।