घोराही, २६ कार्तिक । भोली देखी दाङको घोराही गुलरीयामा हुने क्रिकेट प्रतियोगिताका लागि बिभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । आज रोल्पाली सेवा समाजले ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
समाजका अध्यक्ष मदन कुमार वली, उपाध्यक्ष केवलप्रसाद खत्री, सचिब कैलास रोकामगरले उक्त रकम दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँ र उपाध्यक्ष अशोक रोका लाई हस्तान्तरण गर्नु भएको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले प्रतियोगिताको लागि ५० हजार, वेस्टन डेभलोपमेन्ट बैंक लिमिटेडले २५ हजार, अनिस अधिकारीले १० हजार, मिनराज पन्तले १० हजार सहयोग गर्नु भएको छ ।
दाङ क्रिकेट संघको आयोजनामा भोली देखी संचानल हुनलागेको सगरमाथा सिमेन्ट दंगाली टि ट्वाण्टी कप क्लब स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ४ गते सम्म चल्ने र १५ टिमले सहभागिता जनाउने छन् ।