दुधरास(दाङ), २६ कार्तिक । राजनीतिक ध्रुविकरणको अभ्याससंगै पछिल्लो समयमा नेपाली कांग्रेसले चुनावी रणनितिलाई गाउंँकेन्द्रित अभियानका रुपमा लिएको छ ।
नेपाली कांग्रेसलाइ दुर्गमबस्तीका कांग्रेसजनहरुले जोगाएर हुर्काएको भन्दै अव लोकतन्त्रको पक्षमा अन्तिम मतदान गर्न समेत आग्रह गरेको छ ।
दुधरासमा संपर्क कार्यालयको उद्घाटन गर्दै प्रतिनिधिसभा क्षेत्र नंवर २ का सभाषद राजु खनालले गरेका थिए । उनले अवको लडाइ भनेको लोकतन्त्र र
अधिनायकवादकाबीच भएको भन्दै लोकतन्त्रका पक्षमा मतदान गर्न समेत आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता शंकर गिरीले सिंगै मुलुकलाई अधिनायकवादको प्रयोगशाला बनाउन खोजिएको भन्दै अव नेपालका कुनैपनि बस्ती धिनायकवादको प्रयोगशाला बन्न नसक्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति वीरकेशरी गौतमले प्रजातन्त्रले कहिल्यै नहार्ने भन्दै गाउं जाउं लोकतन्त्र जोगाऔं भन्ने अभियानलाइ व्यापक बनाउन सुझाव दिए ।
कांग्रेस नेता हरी रजौरे, दुधरासका स्थानिय नेता डिल्ली वहादुर डांगी लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी क्षेत्र नम्बर १ प्रदेश सभा २ मा पर्ने दाङका पहाडी भेकका मतदाताहरुले खानेपानीको सहज व्यवस्थापन गरिदिन कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार समक्ष माग गरेका छन् । यसअघि सम्म आँफूले राखेका मागहरु प्ुरा नभएको भन्दै उनिहरुले प्रदेश सभाका उम्मेदवार जानकीलाल बस्नेत संग माग गरेका हुन् ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नंवर १४ को वडा सोमवार हुने भएको छ । नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल र प्रदेशका उम्मेदवार कमलकिशोरको उपस्थीतिमा वडाभेला हुन लागेको वडा नेपाली कांग्रेस वडा इकाइ अध्यक्ष श्याम प्रसाद सुवेदीले बताएका छन् ।