काठमाडौं, २६ कार्तिक । नेकपा एमालेले आगामी मंसिरमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका क्रममा रोल्पा, रुकुम लगायतका जिल्लामा वाम गठबन्धनका उम्मेदवारलाई लक्षीत गरी गरिएको बम प्रहारको घटनाप्रति कडा आपत्ति जनाएको छ ।

umlएमालेको निर्वाचन परिचालन समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार वर्षमान पुन र जनार्दन शर्मामाथि भएको बम आक्रमणको घटनाप्रति विरोध जनाएको हो।

विज्ञप्ति मार्फत निर्वाचनको मुखैमा सत्तारुढ दलबाट गुण्डागर्दी र आक्रमणका घटनाहरु बढेको भन्दै घटनामा संग्लन आक्रमणकारी माथि तुरुन्त कारबाही गर्न माग गरिएको छ ।