दाङ, २४ कार्तिक । आगामी मंसीर २१ गते हुने प्रतिनीधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि काग्रेस दाङले चुनावी कार्यक्रम तीवं्र रुपमा गाँउकेन्द्रित गरेको छ ।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उमेद्वारहरु चुनावी प्रचार कार्यक्रम अन्तरगत गाँउगाँउमा पुगेर मतदाताहरुसँग मत माग्नमा व्यस्त रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यका उमेद्वार सुशीला चौधरी, २ का उमेद्वार राजु खनाल र ३ का उमेद्वार दिपक गिरी एवं निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ का उमेद्वार प्रदिप थापा, २ का उमेद्वार जानकीलाल बस्नेत, निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश १ का कमलकिशोर घिमीरे, प्रदेश २ का उमेद्वार भरतबहादुर न्यौपाने, निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश १ का उमेद्वार डिल्लीबहादुर चौधरी र प्रदेश २ का उमेद्वार बुद्धिराम भण्डारीले चुनावी प्रचारलाई तीव्र बनाउदै गाँउगाँउमा मतदाताहरुसँग भेटघाट गरिरहेका छन् ।
मत आफ्नो पक्षमा पार्नकालागि कांग्रेसले हालसम्म गरेका उपलब्धीमूलक कामको बारेमा जानकारी गराउदै आगामी दिनका आफ्ना एजेण्डाका बारेमा जानकारी गराउदै उमेद्वारहरु मत माग्नमा व्यस्त छन् ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)