पोखरा २४ कार्तिक । वामगठ वन्धका उम्मेदवारलाई जिताउन पोखराका व्यवसायीहरुको भेला सम्पन्न भएको छ । पोखरा आस पासमा छरीएर रहेका निवार्चन क्षेत्र नम्वर ३ (ख) का व्यवसायीहरु छलफमा जुटेका हुन् ।
निवार्च परीचालन कमिटीले आयोजना गरेको छलफलमा सहभागी विभीन्न सम्र्पक समाजहरुले अव आफ्नो निवार्चन क्षेत्र मा गएर चुनावी कार्यक्रममा सहभागी हुदै वामगठवन्धका उम्मेदवारहलई भारीमत का साथ विजय गराउने प्रतिवदता समेत जनाएका छन् ।
कार्यक्रममा प्रदेश ख का उम्मेदवार राजीव पहारीले सम्वोधन गर्दे अव घर घरमा गएर मतदाताहरुलाई मतदान कसरी गर्ने भनेर सिकाउनु पर्ने वताए । कार्यक्रममा निवार्चन परीचालन कमिटीका अग्नी कडेल युवा संघ केन्द्रीय सचिव माधव वास्तोला लगाएतले वोलेका थिए ।











