काठमाडौँ २३ कार्तिक । काठमाडौँको त्रिपुरेश्वर स्थित मोटरसाइकल ग्यारेजमा भिषण आगलागीमा हुँदा एक जनाको ज्यान गएको छ । बिहिबार साँझ मायाराम भोलाराम जयन्ती पेट्रोल पम्प नजिकै रहेको उक्त ग्यारेजमा आगलागी भएको थियो । घटनामा एक जना पुरुषको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले पुष्टि गरे । मृत्यु हुनेमा मुलायम मिया रहेका छन् ।