इन्द्रेणी संवाददाता

दाङ, २३ कार्तिक । अहिलेसम्म वामपन्थिहरु एक हुन नसक्दा कांग्रेसले फाईदा लिएको गठवन्धनका नेताहरुले बताएका छन् । दाङ निर्वाचन क्षेत्र नं ३मा संयुक्त बाम गठवन्धनले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेताहरुले यस्तोकुरा बताएका हुन् । ढिलै भएपनि अहिले भएको बाम गठवन्धनले अव नेपालमा कम्यनिष्टहरुको शासन ल्यायर श्रमजीवि जनताको उत्थानगर्ने बताएका छन् ।

mahara

क्रान्तीको बाँकी कार्यभार पुरा गर्नकोलागि भएको योे गठवन्धन अहिले को कार्यभार भनेको सवै उमेद्वारहरुलाई जिताएर यो चुनावलाई सम्पन्न गर्नुपर्ने माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बताएकाछन् । मध्यम वर्गिए जनतालाई हेर्नुस अहिले उनीहरुमा उत्साह थपिएको छ, अव स्थायी सरकार वन्ने छ र गरीविको अन्त्य हुने विश्वास लिएकाछन् । देशमा आर्थिक उन्नती वामपन्थीहरुले मात्र गर्नसक्छन् भनेर प्रतिकृयावादी शक्तिहरु डराएकाछन् र त भ्रम छर्न सुरुगरेकाछन् महराले भने ।

जनताको भाग्यकोर्ने जीम्मा हाम्रो हो यसलाई कसैले रोकेर रोक्न सक्दैन त्यसकालागि पनि बाम गठवन्धनलाई विजयी वनाउनकालागि लग्न कार्यक्रर्ताहरुलाई महराले निर्देशन पनि दिएकाछन् । आर्थिक संवृद्धीका लागि अवको २० वर्ष कम्युनिष्टहरुले शासन गर्ने छन् र देशको विकाशको गतीलाई अगाडि वढाउनकालागि पनि यो गठवन्धन  भएको उनले बताए । नेता महराले अहिले हामि ऐतिहासीक घडिमा छौ यो गठवन्धनलाई भत्काउन ठुलो शक्ति लागिपरेको बताउदै त्यसको डटेर सामना गर्न कार्यक्रर्तालाई नेता महराले निर्देशन दिए । विचारको राजनीतिलाई विश्वास गरेर जनताले हामिलाई  असाध्यै माया गरेकाछन्, त्यो मायालाई आत्मसाथ गर्दै समाजवाद पुग्ने हाम्रो लक्ष्यमा पुग्ने विचार व्यक्त गरेकाछन् ।

नेता महराले उत्पीडितहरुलाई माथी ल्यायौ, समावेशीताका कुरा, वित्तिय हस्तान्तरण ग¥यौ, संघियता लागु गरेर सिंहदरवारमा रहेको अधिकार गाँउगाँउमा ल्यायौ, प्रतिक्रियावादीहरुलाई यो मन परेको छैन नेता महराले भने । अझैपनि हाम्रा मनहरु मिलेका छैनन् तर यो हाम्रो व्यक्तिगत कुराहरुलाई थाति राखेर राष्ट्रलाई संझेर यो महासंग्राममा होमिन आग्रह गरे । तपाईहरुका मनमा असन्तुष्टी छन् २१ गते सम्म त्यसलाई थाति राख्नुस् २२ गते वसेर हल गरौला नेता महराको कार्यकर्ताहरुलाई अनुरोध समेत गरेकाछन् । दाङ कम्युनिष्टहरुको लाल किल्ला भएको बताउदै नेता महराले त्यो किल्ला वचाउनकालागि सच्चा सीपाहि वनेर अगाडि वढ्न निर्देशन दिए ।

नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा दाङ निर्वाचन क्षेत्र नं २ को १ का प्रदेश सभा सदस्यका उमेद्वार शंकर पोख्रेलले वामपन्थि गठवन्धन देखेर कांग्रेसीहरु अत्तालीएको बताएकाछन् । कम्युनिष्टहरुले जितेभने रुनपनि पाईदैन भनेर प्रचार गरीरहेको उल्लेख गर्दै नेता पोख्रेलले यो भनाई गलत सावित भैसकेको बताए । “२०४८ सालको बाम गठवन्धनलाई देखेर अत्तालीएका शक्तिहरुले कम्युनिष्ट शासन आयो भने बुढाबुढीहरुलाई गोली हानेर मार्छ भने २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा सरकार वन्यो त्यसले बृद्ध भत्ता पो दियो” नेता पोख्रेलले भने ।

उम्मेद्वारी दर्ता सम्म आईपुग्दा सञ्चारमाध्यमा धेरै नै आशंकाका कुराहरु आएको बताउदै नेता पोख्रेलले हामिमा टिकटको लडाई नभएको स्पस्ट पारेका छन् । “दाङको समग्र विकासका लागि कृष्णबहादुर महरा र मेरो उमेद्वारी हो” नेता पोख्रेलले बताए । दाङलाई प्रदेशको राजधानी वनाउन, दाङको आर्थिक,सामाजीक,साँस्कृतिक रुपमा विकाश गर्नकालागि केन्द्रमा कृष्णबहादुर महरा तथा प्रदेशमा मैले नेतृत्व गरेर विकाश गर्ने योजना वनाएको उनले बताए । दाङको विकाशका लागि नै महरा र पोख्रेलको उमेद्वारी भएकोले बाम गठवन्धनका नेताहरुलाई विजयी गराउनकालागि लागिपर्न कार्यक्रर्ताहरुलाई निर्देशन दिएकाछन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरु जीवन गौतम, रामजी चौधरी, कुवेर वली तथा नेकपा एमालेका नेताहरु घनश्याम पाण्डे, टिकाराम खड्का, कोमल वली लगाएतले बाम गठवन्धनलाई सहयोग नगर्नेहरु आफै नासीयर जाने भएकोले अहिले बाम गठवन्धनको विकल्प नभएको समेत बताएकाछन् ।