बिजौरी, २३ कार्तिक । प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का संयुक्त बाम गठबन्धनका उम्मेदवार अमर डाँगीले जनताहरुलाई गलत आश्वासनभन्दा आफूले निर्वाचन जितेपछि व्यवहारमै काम सिद्व गरको बताएका छन् ।

anara dagiतुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९को दुर्गम क्षेत्र भित्री सक्राम घरदैलो अभियानका क्रममा वडावासीहरुलाई आफ्नो विगतको क्रियाकलाप हेरेर मतदान गर्न आग्रह गरेका थिए ।

डाँगीले भने,‘मैले स्वर्गद्वारीसम्म सडक पु¥याउन अघि सर्दा कयौ खिल्ली गर्नेहरु सडक पुग्दा अचम्मी बन्नुभएको थियो ।’ अब आफै बुझ्नुहोस् तपाईका गुनासा र विकासका अपेक्षा कहिल्यै पनि खेर जान दिने छैन । घरदैलो अभियानका क्रममा स्थानीय मीनबहादुर पुनले सडक र खानेपानी सुविधाका लागि पहल गर्न आग्रह गरेका थिए ।

त्यसैगरी कमल पौडेलले खानेपानी र सिचाई सुविधा नहुदाँ त्यस क्षेत्रका बासिन्दाहरुलाई कृषिजन्य वस्तु उत्पादन र स्वस्च्छ पिउनुपानीबाट बञ्चित हुनुपरेको बताए । त्यसैगरी वडा नागरिक मञ्चका पूर्व संयोजक सोमराज गौतमले सक्राम, चाचला , छिल्लीकोट सडक र सक्राम हापुरे बगालसम्मको सडक निर्माणमा विशेष अग्रसरता दिन आग्रह गरे ।