दाङ, २३ कार्तिक । दाङमा आफ्नै छोरीलाई बलात्कार गर्ने एक जना पक्राउ परेका छन् ।
बंगालाचुली गाउँपालिका वडा नं ५ साकिनेका भीमबहादुर गिरीलाई झट्केली (श्रीमतीसँगै ल्याएको) छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। १४ वर्षीया झट्केली छोरीलाई डर धम्की देखाइ बलात्कार गर्दै आएको उजुरी परेपछि ३२ वर्षीय लाई प्रहरीले पक्राउ गरेको हो ।











