काठमाडौं, २३ कार्तिक । पछिल्लो समय नेपालमा इन्धन भण्डार गर्ने विषयमा चीनको चासो पनि बढ्न थालेको छ । सोमवार नेपाल आइपुगेको चिनियाँ उच्च अधिकारीको टोलीले इन्धन भण्डारणको विषयमा आयल निगमसँग पहिलो चरणको छलफलसमेत गरिसकेको बताइएको छ ।

petrolium-storageनिगम उच्च स्रोतका अनुसार चिनियाँ टोलीले इन्धन भण्डारण क्षमता विस्तार गर्न लगानी गर्ने इच्छा व्यक्त गरेको हो । त्यस्तै भण्डारणका लागि उपयुक्त जमीनसमेत उपलब्ध गराउन निगमसमक्ष आग्रह गरेको स्रोतको भनाइ छ । निगमका अनुसार, धादिङ, नुवाकोट लगायत जिल्लामा ग्यास भण्डारण गृह निर्माणमा सहयोग गर्ने चिनियाँ टोलीले बताएको छ ।

त्यस्तै भैरहवा, झापा, धनगढी र तनहुँमा निर्माण हुने इन्धन भण्डारण डिपोमा पनि सहयोग गर्ने इच्छा व्यक्त गरेको निगमले बताएको छ । छलफलका क्रममा नेपालको इन्धन भण्डारण स्थलको अवस्था र निर्माण कार्यमा भइरहेको प्रगतिबारे विस्तृत छलफल भएको निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

यसैबीच निर्माणका क्रममा रहेको बहुप्रतीक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन कार्यको स्थलगत अध्ययन गर्न भारतीय आयल निगम ९आईओसी०को टोली आज बिहीवार नेपाल आउँदै छ । निर्माणाधीन पाइपलाइन कार्यका लागि आईओसीका तर्फबाट निर्देशक रहेका अनिश अग्रवालको नेतृत्वमा एक टोली नेपाल आउन लागेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।