दाङ, २३ कार्तिक । आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी अभियान तीव्र बनाएको छ ।

23365170_1508962739190588_89606879_nप्रतिनीधी सभा एवं प्रदेश सभाका उमेद्वारहरु आफ्नो निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रम अन्तरगत अगुवा कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।
गाँउगाँउमा पुगेर चुनावी प्रचारप्रसारस्ँगै अगुवा नेता कार्यकर्ता भेटघाट गरिरहेका यस क्षेत्रका उमेद्वारहरुले आज वुधवार पनि गाँउगाँउमा कार्यक्रम गर्न व्यस्त रहेको प्रचारप्रसार समितिका संयोजक भुपबहादुर डाँगीले जानकारी दिए ।

यस क्षेत्रबाट प्रतिनीधी सभा सदस्कया उमेद्वार राजु खनाल, प्रदेश (क) का उमेद्वार कमलकिशोर घिमीरे र प्रदेश (ख) का उमेद्वार भरतबहादुर न्यौपाने सहित समानुपातिक उमेद्वार सावित्रा राना, अर्जुनकुमार श्रेष्ठ, पुष्पा वादी लगायतको टोली चुनावी प्रचारमा व्यस्त रहेका छन् ।
जुन टोलीमा निवर्तमान सांसद अनिता देवकोटा सहित जिल्लाका अगुवा नेताहरु पनि रहेकी छन् ।

यस क्षेत्र अन्तरगत घोराही उपमहानगरपालिका वडा नम्बर ६ को गुरुवागाँउ, वडा नम्बर ७ को सौडियार, वडा नम्बर १७ कर्जाही, पनौरा लगायतका स्थानमा अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । यी स्थानमा सम्पर्क कार्यालय पनि स्थापना गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले देशको हरेक विकासदेखी निकाससम्मका काम कांग्रेसको नेतृत्वमा भएको बताउदै अब पनि देशलाई कांग्रेसकै नेतृत्व आवश्क भएको बताए  देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउनेदेखी मधेशमा देखिएको समस्या समाधानसम्म कांग्रेसले नेतृत्वदायी भूमीका खेलेको भन्दै खनालले अब संविधान कार्यान्वयन चुनौतिपूर्ण भएकाले यसको नेतृत्वपनि कांग्रेसले नै गर्न आवश्यक रहेको बताए । यस क्षेत्रमा आफैलाई मत हाल्न नपाउने टुरिष्ट उमेद्वारहरु कम्यूनिष्ट दलहरुले ल्याएको भन्दै जनता झुक्याउने खेलमा लागेको खनालको भनाई छ ।

कमिरेचौरमा सम्पर्क कार्यालय स्थापना
निर्वाचन क्षेत्र नम्बर २ (क) को बंगलाचुली गाँउपालिका कमिरेचौरमा आज सम्पर्क कार्यालय स्थापना गरिएको छ । क्षेत्रीय सभापति गिरिराज सुवेदी सहित पुगेको उमेद्वारहरुको टोलीले सम्पर्क कार्यालयको स्थापना गरेको हो । त्यस अवसरमा बोल्दै यस क्षेत्रबाट प्रदेश सभा सदस्यका उमेद्वार कमल किशोर घिमिरेले कांग्रेस सधै जनताको सुख दुखमा रहेको भन्दै नेपाली काग्रेसलाई विजयी वनाउन अनुरोध गरे ।

यसैबीच बंगलाचुली गाँउपालिकामा प्रचारप्रसार मूल समिति गठन गरिएको छ । साविक काभ्रे गाविसका सभापति जागेश्वर अधिकारी संयोजक रहेको ७७ सदस्यीय समिति गठन गरिएको छ । जसको सह–संयोजक साविक गाविसका सभापतिहरु रहने छन् ।