दाङ, २१ कार्तिक । संयुक्त निर्वाचन परिचालन कमिटी निर्वाचन क्षेत्र नं. १ को आयोजनामा बुधवार लमहीमा संयुक्त प्रशिक्षणको आयोजना गरिएको छ । निर्वाचन क्षेत्र नं. १ मा पर्ने सवै तहवाट नेकपा एमाले र माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षीत गर्दै मंसीर २१ गते हुदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धनका साझा उम्मेदवारलाई विजय वनाउन एक भएर लाग्न अपील गरिएको छ ।

23379335_136844240304680_1619056382_o

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्ण बहादुर महराले वामगठवन्धनका कार्यकर्ता विचारमा वलीयो हुनुपर्ने र संयुक्त घोषणा पत्रको सन्देश सवै माझ पु¥याउन अपील गर्नु भयो । वामपन्थिहरुको नेतृत्वमा आगामी २० वर्ष सम्म सरकार चल्ने र आर्थिक समृद्धिवाट जनताको जिवनस्तर माथी उठाउने दिशामा केन्द्रित हुने वताउनु भयो ।

यस्तै प्रशिक्षण कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले नेपालमा वलीयो कम्युष्टि पार्टि वनाउने दिशामा अघि वढेको र यस अभियानलाई जनताले उत्साहको रुपमा लिएको वताउनु भयो । पार्टि एकिकरण राष्ट्रिय आवश्यकतामा आधारित भएको भन्दै लामो छलफलवाट पार्टि एकिकरण गर्ने विषय टुङ्गोमा पुगीसकेको उहाँले वताउनु भयो ।

संयुक्त निर्वाचन परिचालन समितिका संयोजक शुरामणी वेल्वासेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै क्षेत्र नं. १ का वामगठवन्धनका साझा उम्मेदवारले क्षेत्र नं. १ मा वामगठवन्धनका साझा उम्मेदवारहरुले जित्ने आधारहरु राख्दै ढुक्क भएर निर्वाचन प्रचार प्रसारमा केन्द्रित हुन अपील गर्नु भयो ।

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १(क)का उम्मेदवार ईन्द्रजीत थारुले दुई पार्टि एकिकरण हुने विषयले सवै कार्यकर्ताहरुमा भावनत्मक एकता कायम गरेको वताउनु भयो । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १(ख)का साझा उम्मेदवार रेवतीरमण शर्माले आधुनीक र बैज्ञानीक समाजवाद स्थापीत गर्न कम्युनिष्ट आन्दोलन नयाँ मोडमा पुगेको र जनताहरु सवै वामगठवन्धनमा गोलवन्द हुन आवश्यक रहेको वताउनु भयो ।

कार्यक्रमलाई नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, नेकपा माओवादी केन्द्रका पोलीटब्युरो सदस्य जीवन गौतमले सम्वोधन गर्दै उत्साहीत रुपमा प्रचार प्रसारमा केन्द्रित हुन अपील गर्नु भयो । वामगठवन्धनका कार्यकर्ताहरुले मतदाता शिक्षालाई प्राथमिकतामा राखेर अघि वढ्न अनुरोध गर्नुभयो । निर्वाचन परिचालन क्षेत्र नं. १ (ख)का संयोजक रतन कुमार केसीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समिति क्षेत्र नं. १ का सहसंयोजक नारायणी शर्माले गर्नु भएको थियो ।