घोराही, २१ कार्तिक । आगामी मंसीर २१ गते हुने निर्वाचनकालागि क्षेत्र नम्बर २ का लागि नेपाली कांग्रेसले प्रचारप्रसारलाई तीव्र बनाएको छ । निर्वाचनका लागि यस क्षेत्रमा प्रचार प्रसारलाई तीव्र बनाईएको यस क्षेत्रका प्रचारप्रसार समितिका संयोजक भुपबहादुर डाँगीले जानकारी दिए ।

23244153_1523237517767568_6992202478677726084_nप्रचारप्रचार अन्तरगत आज यस क्षेत्रका विभिन्न क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । जस अन्तरगत घोराहीको स्वर्गद्धारी एफ एम रोड र नारायणपुरको पार्टि कार्यालयमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । यस्तै घोराही उपमहानगरपालिका ८ को मर्पा र वडा नम्बर ९ को कर्मटिय लगायतका स्थानमा कार्यालय स्थापना गरिएको प्रचार संयोजक डाँगीले बताए ।सम्पर्क स्थापना गर्दै प्रतिनीधी सभा सदस्य राजु खनालले यो निर्वाचन जनमत संग्रह भएको बताउँदै लोकतान्त्रीक शक्तीहरु एक भएर लाग्न आग्रह गरे ।

निर्वाचन क्षेत्र नं २ (ख) का प्रदेश सभाका उम्मेदवार भरत बहादुर न्यौपानेले चुनाव लक्षित अभियान अन्तर्गत प्रचारलाई तीव्र बनाएकाले यसमा लाग्न उहाँले सबैमा अनुरोध गरे । त्यस्तै निर्वाचन क्षेत्र नं २ (क) का प्रदेश सभाका उम्मेदवार कमल किशोर घिमीरेले निर्वाचनको बेलामा जनतामाझ आउने उमेद्वारहरुले विकास र समृद्धि ल्याउन नसक्ने बताए ।