इन्द्रेणी संवाददाता
बाँके, २१ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्धी कृष्णबहादुर महराले प्रदेश नम्बर ५ लाई शैक्षिक, आर्थिक र स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास गरिने बताएका छन् ।
आज मंगलवार बाँकेमा आयोजना गरिएको वाम गठबन्धनको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रदेश नम्बर ५ शैक्षिक, आर्थिक र स्वास्थ्य क्षेत्रमा अत्यन्त सम्भावित भएकाले यसलाई यी क्षेत्रको हवकै रुपमा विकास गरिने बताएका हुन् ।
उनले यो क्षेत्र सबै क्षेत्रको सम्भावना भएकाले लागिपर्ने हो भने सबैखालका विकास गर्न सकिने समेत बताए । ‘यहाँ के सम्भव छैन गर्न सक्ने हो भने सबै खालको विकास गर्न सकिन्छ’, उनले भने, ‘जनताको साथ पाएमा प्रदेश नम्बर ५ लाई सबैभन्दा सम्पन्नशाली प्रदेशको रुपमा विकास गर्न सम्भव छ ।’
आगामी २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रदेश दाङको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेता महराले आफू जनताको विश्वस जितेर यस प्रदेशको आर्थिक समृद्धिका लागि काम गर्ने दावी गरे । उनले प्रदेश नम्बर ५ लाई सम्पन्न प्रदेशको रुपमा विकास गर्ने आफ्नो सपना भएको समेत बताए ।





