काठमाडौं, २० कार्तिक । भाडाको घरमा बस्दै आएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घरधनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गरेका छन् ।
सोमबार दैनिक पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्व राष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गरेका छन् । उनले सार्वजनिक गरेको सूचनामा १५ दिनभित्र आफ्नो घर नछाडे कानुन बमोजिम अघि बढ्ने चेतावनी दिएका छन् ।
डा. यादव ललितपुर महानगरपालिका–४ बागडोलमा रहेको घरमा २०७२ साल कात्तिक २ गतेदेखि पूर्व राष्ट्रपति यादव बस्दै आएका छन् भने घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख छ ।