काठमाडौं । युवा साहित्यकार एवं पत्रकार सविन प्रियासनले पछिल्लो पटक निकालेको पल्लवी र पुनरागमन उपन्यासले अत्यधिक चर्चा कमाएपछि उहाँ सेल्फी उपन्यास निकाल्ने तयारीमा जुट्नु भएको छ ।

23283471_504044106631245_1897051346_n

प्रियासनको हालसम्म बजारमा ४ उपन्यास, १ कथा संग्रह र १ सम्पादकीय संग्रह प्रकाशित छन् । यही वर्षमा सेल्फी लगत्तै पल्लवीको दोस्रो भाग र सहनशीला उपन्यास निकाल्ने योजनामा रहनु भएका प्रियासनले सेल्फी उपन्यास काठमाडौ स्थित इन्डिगो इन्क प्रकाशनबाट निकाल्न लागेको जानकारी दिनुभयो । साधारण घरपरिवार र त्यहाँ जन्मिएकी युवतीको कथासँग सम्बन्धित रहेर सेल्फी उपन्यास तयार पारिएको प्रियासनको भनाइँ छ ।

23423456_504044086631247_1466972194_o

हरेक कुरामा सफलता प्राप्त गर्नका लागि समर्पण, संघर्ष र केही गर्छु भन्ने आत्मविश्वास हुनुपर्छ अनि मात्र मान्छे सफल हुन्छ भन्ने सन्देश सेल्फी उपन्यासले दिने जानकारी दिँदै प्रियासनले भन्नुभयो, ‘सेल्फी हामी सबैसँग दिनदिनै ठोकिने नाम हो, तर यसको अर्थ गहिरो अनि सन्देश मुुलक छ । मानिसलाई आत्मनिर्भर समेत बनाउने माध्यम वा सिद्धान्त हो सेल्फी, त्यसैले उपन्यासको नाम पनि मैले यही राखेको हुँ ।’

मंसिरको पहिलो साता बजारमा ल्याउने तयारीसहित काम भइरहेको जानकारी दिदै प्रियासनले काठमाडौ, दाङलगायतका ठाउँमा विशेष कार्यक्रम गरी यसलाई बजारमा लगिने जानकारी दिनुभयो । सेल्फी उपन्यास बास्तबिक कथामा आधारित रहेकाले यसका पात्रहरुलाई पनि कार्यक्रममा उपस्थित बनाउने तयारी प्रियासनले गर्नुभएको छ ।