कास्की, २० कार्तिक । लामो समयको प्रतिक्षापछि पोखरामा ‘फुटबल स्टेडियम’ बन्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले मङ्गलवार ग्लोवल टेण्डर आह्वान गरेपछि पोखरामा स्टेडियम बन्ने पक्का भएको हो । एक अर्व रुपैयाँको लागतमा १० महीनाभित्रै काम सकिने गरी टेण्डर आव्हन गरिएको छ ।
परिषद्ले १३ औं ‘साउथ एशिएन गेम’ ९साग० प्रतियोगितालाई ध्यान दिंदै हाल पोखरामा रहेको फुटबल ग्राउण्डको स्तरोन्नति गर्ने तयारी थालेको हो । स्टेडियममा ट्रयाक एण्ड फिल्ड, शौचालय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम र कन्फ्रेन्स कक्ष निर्माण हुनेछ । योसँगै फुटबल मैदान फिफाले तोकेको मापदण्डमा बन्नेछ ।
स्टेडियममा २० हजार दर्शक क्षमताको प्याराफिटसहित आधुनिक प्रविधिहरु ज्डान गर्न लागिएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । आगामी मङ्सिर २ गते सम्मका लागि टेण्डर खरीदको अन्तिम समय दिइएको छ ।
‘स्टेडियम तयार भए सन् २०१९ को मार्चमा नेपालमा आयोजना हुने दक्षिण एशियाली खेलकुदका धेरै खेलहरु पोखरामा हुनेछन्’ अध्यक्ष पौडेलले भने, ‘हामी सोही लक्ष्य पूरा गर्ने अपेक्षामा छौं । स्टेडियम निर्माण पोखराको खेल क्षेत्रका लागि कोशेढुङ्गा सावित हुनेछ ।’
४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रङ्गशालामा २०३९÷४० सालमा फुटबल मैदान र प्याराफिट बनेको थियो तर, त्यसपछि कुनै पनि पूर्वाधार निर्माण हुन सकेको छैन् । नरहरि पौड्याल /अभियान