रुकुम, २० कार्तिक । नेकपा माओवादी केन्द्रका प्रभावसाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलगत्तै एमाले र माओवादी एकता हुने बताएका छन् ।
सदरमुकाम खलंगामा आइतबार पत्रकार सम्मेलनमा बोल्दै नेता प्रभाकरले समय अभावका कारण चुनाव अघि पार्टी एकता गर्न नसकिएको बताए । ‘हामी पार्टी एकता गरेरै निर्वाचनमा जाने तयारीमा थियौं,’ शर्माले भने, ‘केही प्राविधिक कुरा नमिल्नु तथा समयाभाव अर्को समस्या रह्यो ।’
कम्युनिस्ट एकता देश र राष्ट्रिय हितकोलागि भएको भन्दै शर्माले राजनीति स्थिर नहुँदा देश स्थिर भइरहने अवस्था नरहेकाले विकास निर्माण संभव नदेखिएपछि एकता प्रक्रिया थालिएको बताए ।