९ वर्षकी बालिका, जसको गर्धन बांगो छ र गर्धन बांगो भएकै कारण टाउको १८० डिग्रीमा तेर्सो परेर रहेको छ । देख्दैमा अत्यासलाग्दो ती बालिकाको रुप देखेर कतिले उनलाई भुतप्रेत भन्छन् त कतिले मांशपेशीकेा रोग ।

pakistani

पाकिस्तानको सिन्ध प्राप्तमा बस्ने ९ वर्षकी अफसिन कोम्बारको गर्धन कहिल्यै पनि सिधा हुँदैन । उनको गर्धन दायाँतर्फ १ सय ८० डिग्री घुमेको छ । उनी चाहेर पनि हिँडडुल गर्न सक्दिनन् । कसैको सहारा विना एक पाइला पनि अघि बढ्न सक्दिनन् । खानेकुरा खाँदा पनि उनलाई मुस्किल हुन्छ ।

अफसिनकी आमा जेमलिनले उनको पूरै हेरचाह गर्दै आएकी छिन् । डाक्टरहरुलाई देखाउँदा शल्यक्रिया गर्नुपर्दछ भनेका छन् । तर उनीहरुसँग शल्यक्रिया गर्न सक्ने पैसा छैन । जेमलिन र उनका पति मजदूर हुन् । घरमा ६ जना बच्चाबच्ची छन् र आर्थिक स्थिति कमजोर छ ।

अफसिनकी आमाका अनुसार अफसिनको जन्म हुँदा उनको गर्धन ठीकठाक थियो । ८ महिनाकी हुँदा अफसिन उचाइबाट खसिन् । उनको गर्धनमा सानो चोट लाग्यो । सानो चोट भनेर खासै ध्यान दिएनन् । तर जब अफसिनको उमेर बढ्दै गयो तब उनलाई गर्धन सिधा पार्नमा समस्या देखिन थाल्यो । अहिले त उनको गर्धन पूरै १ सय ८० डिग्रीले बांगिएको छ । अनलाइनखबरबाट