सन्तोष अधिकारी
दाङ, १८ कार्तिक । आसन्न प्रतिनिधि सभा तथा प्रदेश शभा निर्वाचनका लागि दाङमा मुख्यतया दुई ठुला घटकहरु विच प्रतिस्पर्धा हुने देखीएको छ । बाम गठवन्धन र नेपाली कांग्रेसका उमेद्वारहरुविच प्रतिस्पर्धा हुने भएको हो । उमेद्वारी दर्ता अन्य सानादलहरुले गराएको भएपनि उनीहरु आफ्नो पनि उपस्थीति जनाउनकालागि पनि उमेद्वारी दिएको विष्लेषकहरु बताउछन् ।
दाङ जिल्लामा प्रतिनिधि सभाका लागि तीन तथा प्रदेश सभाका लागि छ निर्वाचन क्षेत्रहरु रहेका छन् । प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं २ मा बाम गठवन्धनका तर्फवाट साझा उमेद्वार बनेका नेकपा माओवादी केन्द्रका नेता तथा नेपाल सरकारका उप प्रधानमन्त्री कृष्णबहादुर महरा दाङ र रोल्पा गरी तीन पटक निर्वाचित भैसकेका छन् ।
उनका प्रतिस्पर्धीको रुपमा रहेका नेपाली कांग्रेसका नेता राजु खनाल २०७०को दोस्रो संविधान सभा निर्वाचनमा पहिलो पटक निर्वाचित भएका हुन् । महराले २०४८ सालमा रोल्पावाट २०६४ मा दाङको तीन नं निर्वाचन क्षेत्रवाट र २०७० सालमा रोल्पावाट निर्वाचित भएका थिए । महराले निर्वाचनमा अहिले सम्म हार वेहोर्नु नपरेको कारण जनतामा उनी लोकप्रीय हुनु नै हो भन्छन् दाङका साहित्यकार टिकाराम उदासी । “महरा राष्ट्रिय राजनीतिमा ख्याती कमाएका र दाङको विकाशका लागि लाग्ने नेता भएका कारण पनि उनको जीत शुनिश्चत छ” उदासीले भने । महराले २ पटक सम्म रोल्पावाट निर्वाचित भएपनि दाङको विकाशका लागि लागिपरेको देखीन्छ । महरा र खनाल दुवैले आफ्नो जीत सुनिश्चित भएको बताएपनि महराले नै चुनाव जित्ने चर्चा दाङमा व्यापक रहेको छ ।
त्यसैगरी दाङको निर्वाचन क्षेत्र नं १ मा बाम गठवन्धनवाट साझा उमेद्वार बनेका मेटमणि चौधरीको प्रतिष्पधीको रुपमा छिन् नेपाली कांग्रेसकी शुशिला चौधरी । मेटमणि चौधरी पहिलो पटक निर्वाचनमा होमिएका हुन् भने उनका प्रतिष्पर्धी शुशिला चौधरी २०७० सालको निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नं १ वाट निर्वाचित भएकीहुन् । अहिले बनेको वाम गठवन्धनका कारण २०७० सालको निर्वाचनमा निर्वाचित भएपनि शुशिला दोस्रोहुने देखीएको स्थानीयहरु बताँउछन् । स्थानीय तहको मत परिणामलाई आधार बनाउन नसकिएपनि त्यसमा पाएको मत नेपाली कांग्रेसको भन्दा झण्डै १२ हजारले बाम गठवन्धन अगाडि रहेको छ ।
उता दाङको क्षेत्र नं ३ तुलसीपुर पश्चिमको क्षेत्र बाम गठवन्धन नहुँदा कांग्रेसको किल्ला मानिएपनि यसपटक बाम गठवन्धन भएकाकारण ढल्ने देखीएको छ । वाम गठवन्धनका साझा उमेद्वारको रुपमा नेकपा एमालेका जिल्ला सचिव हिराचन्द्र केसी उमेद्वार वनेकाछन् भने नेपाली कांग्रेसको तर्फवाट पुर्व मन्त्रि समेत रहेको दिपक गिरीले उमेद्वारी दिएकाछन् । केसी संसदका लागि पहिलो पटक चुनाव लड्न लागेका हुन् ।
क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टिवाट एक महिना अगाडि नेकपा एमालेमा प्रवेश गरेकी गायिका कोमल वलीले स्वतन्त्र भन्दै वागि उमेद्वारी दर्ता गराएकी छिन् । तर वाम गठवन्धनले उनले उमेद्वारी फिर्ता लिनेमा विश्वस्त रहेको बताउदै आएका छन् । स्थानीय तहको निर्वाचनमा दाङका ३ स्थानीय तह नेपाली कांग्रेसले ६ तहमा नेकपा एमाले तथा १ तहमा माओवादी केन्द्र विजयी भएका थिए । अहिलेको निर्वाचन क्षेत्र अनुसार हेर्ने हो भने वाम गठवन्धन नेपाली कांग्रेस भन्दा १० देखी १५ हजार मतले अगाडि देखीएको छ ।
