इन्द्रेणी संवाददाता
काठमाडौँ १८ कार्तिक । नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवीहरुको संगठन “नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन” ले बालकृष्ण ढुंगेलको तत्काल रिहाईको माग गरेको छ ।

balkrishna dhungel

संगठनले एक विज्ञप्ती निकाल्दै ढुंगेल गिरफ्तारी प्रकरण तथा जेल चलान षड्यन्त्रपुर्ण तबरले गरिएको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तीमा द्वन्द्वकालिन मुद्दाहरु सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्ने प्रष्ट हुँदाहुँदै पनि विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरित ढुङ्गेललाई गिरफ्तार गरिनुले सरकारको नियत र शान्ति प्रक्रिया व्यवस्थापनमा भएको गैरजिम्मेवारीपन उदाङ्गो भएको जनाईएको छ ।