इन्द्रेणी संवाददाता
लक्ष्मीपुर, १ असाढ ।
स्थानिय निकायबाट दिइने सामाजिक सुरक्षा भत्ता, तथा राहत सहयोग वितरणलाई प्रभावकारी बनाउको लागि गाउँ गाउँमा सूचना प्रवाह गर्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् ।बुधवार लक्ष्मीपुरमा गाविसमा हरप्लेस दाङले आयोजना गरेको ‘सामाजिक सुरक्षा सेवा सुविधाको बारेमा सरोकारवाला र द्धन्दपीडितहरुको विचमा गाविस स्तयरिय अन्तरक्रिया कार्यक्रममा’ बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन ।
कतिपय नागरिकहरुले आफुले पाउने सेवा सुविधाको बारेमा सूचना नपाउने र कतिपयले प्रक्रियाको बारेमा जानकारी नभएकोले सेवा सुविधा बाट बञ्चित हुने गरेको बक्ताहरुले बताएकाथिए । स्थानिय निकायबाट दिइने सेवा सुविधाको बारेमा सम्वन्धित निकायसम्म गई सूचना दिने आवश्यक रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाथिए ।
लक्ष्मीपुर गाविस सचिव पुनाराम गिरीले केहिको पुगेको भएता पनि नागरिकता नभएको कारणले सामाजिक सुरक्षा सेवा सुविधाबाट वञ्चित रहेको जानकारी गराउनुभएको थियो ।
त्यसैगरि गाविसमा केहिको दुवै आखाँ नदेख्ने, पुर्ण रुपमा अपांग भएकाहरुले पनि विभिन्न कारणले राहत पाउन नसकेको गुनासो गर्दै त्यसको लागि सवैले पहल र सहयोग गरिदिन सचिव गिरीले अनुरोध गर्नुभएकोथियो ।।