इन्द्रेणी संवाददाता
दाङ १५ कार्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको लागि प्रतिनिधि सभा अन्तर्गत दाङ क्षेत्र नं २ बाट उम्मेदवारी दिन माओवादी केन्द्रका प्रभावशाली नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरा दाङ आइपुगेका छन ।

FB_IMG_1509532398052संविधान सभाको पहिलो निर्वाचनमा यहि क्षेत्रबाट अत्याधिक बहुमत लिएर बिजयी हाँसिल गरेका नेता महरा दोश्रो संविधान सभामा रोल्पाबाट पनि अत्याधिक बहुमत लिएर बिजयी हासिल गरेका थिए ।

केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्ने सालिन तथा भद्र नेता महरा दाङ क्षेत्र नं २ बाट चुनाव लड्ने कुराले यश अघि यश क्षेत्रको माहोल तातिएको थियो ।

माओवादी केन्द्रमा मात्र नभइ दाङका कांग्रेस एमाले लाई समत एकताबद्ध बनाएर अगाडि बढ्न सक्ने बहुमुखी प्रतिभाका धनि  नेता महरा दाङबाट चुनाव लड्नु साबिक राप्ती कै लागि महत्त्वपूर्ण भएको आम दंगालीको भनाइ छ ।