इन्द्रेणी संवाददाता
दाङ, १५ कार्तिक । आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई नमूना बनाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले आज दाङको घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी विगतका चुनाव पनि दाङमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्मरण गर्दै अव हुने चुनावलाई पनि शान्तिपूर्ण रुपमा नमूना योग्य बनाउन आग्रह गरेको हो । ‘चुनाव आर्काेस र तनाव होइन एउटा उत्सवको रुपमा सम्पन्न गर्नुपर्छ’, पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले भने, ‘त्यसका लागि राजनीतिक दल, पत्रकार, मतदाता सबैले आ–आफ्नो स्थानबाट महत्वपूर्ण भस्मिका निर्वाह गर्न आवश्यक छ ।’
उनले पत्रकारहरुलाई आचारसंहितामा रहेर चुनावको रिपोटिङग गर्न आग्रह गर्दै अरु कसैले निर्वाचन आचारसंहिता उलंघन गरे नगरेको र निर्वाचनको रिपोटिङ स्वतन्त्र र निश्पक्ष भएर गर्न अनुरोध गरे ।
प्रजिअ श्रेष्ठले जिल्लाको चुनावी सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी भएको समेत जानकारी गराए । सो अवसरमा दाङ जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले जिल्लाका कुल मतदानस्थलमध्ये ६ वटा अति सम्वेदनबील, १२८ संवेशनशील र १७ वटा सामान्य भएको जानकारी दिइन् । साही अनुसार सबै मतदानस्थलमा सुरक्षा योजना तय गरिएको समेत उनले बताइन् ।