इटहरी, १४ कार्तिक । इटहरीमा पेस्तोल देखाएर एक गहना पसलबाट पाँच तोला सुन लुटिएको छ ।
इटहरीको रोयल गोल्ड सुनचाँदी पसलबाट एकजना व्यक्तिले पेस्तोल देखाएर पाँच तोलको सुनको सिक्री लुटेर लगेको प्रहरीले जनाएको छ ।
सिक्री लुट्ने व्यक्तिको फोटो सिसी क्यामेराको फुटेज हेरेर खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।











