कलैया, १४ कार्तिक । अंशसम्बन्धीको विषयलाई लिएर छोराहरुले बाबुको हत्या गरेका छन् । जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई उनका छोरा सुशील र सुनिल मिली हत्या गरेका हुन ।
बाँसको भाटाले टाउकोमा हानेपछि वेहोस वनेका महतोलाइ जिल्लास्थित कलैया अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ अस्पतालमा होस नआएपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा लगिएको थियो तर गम्भीर घाईते महतोको उपचारकै क्रममा ज्यान गएको छ ।











